२७ कात्तिक, एजेन्सी । युरोपियन युनियनका अध्यक्ष ज्यां क्लोड यूंकरले अमेरिकाका नव निर्वाचित राष्ट्रपतिसंग युरोपको संम्वन्ध विग्रन सक्ने बताएका छन् । yunkar

लक्जम्वर्गमा विद्यार्थीहरूलाई सम्वोधन गर्दै ज्यां क्लोडले भने, ‘हामीले अमेरिकाका नव निर्वाचित राष्ट्रपतिलाई युरोप के हो र कसरी काम गर्छ भन्ने बताउन जरुरी छ ।’ उनले ट्रम्पको आगमनले युरोप र अमेरिकाजस्तो दुई महत्वपूर्ण महादेशको नाता कमजोर हुनसक्ने बताए ।

लक्जम्वर्गको एउटा पत्रिकाले यूंकरलाई उधृत गर्दै लेखेको छ, ‘यसै पनि अमेरिकीहरू युरोपलाई उस्तो वास्ता गर्दैनन् र ट्रम्प यसमा झन अगाडि छन् । मैले उनलाई बुझेसम्म उनी बेल्जियम युरोपभित्रको कुनै कुराको एउटा गाउँ भएको ठान्दछन् । अब यस्तो व्यक्तिसंग तपाई के आश गर्नुहुन्छ ।’

युंकरका अनुसार ट्रम्प राष्ट्रपतिको पदभार ग्रहण गरेको दुई वर्षसम्म संसारका यस्ता ठाउँमा घुमिरहने छन्, जसलाई उनले सुनेका पनि हुने छैनन् । ट्रम्प निर्वाचित भएपछि युरोपका कतिपय नेताहरूले अहिले मौन रहनु नै उत्तम ठानेका छन् ।