१३ वैशाख, एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले जब महिलाहरु प्रति आफ्नो पिताको रवैयाको बचाउ गरिन तब हुटिङको सामना गर्नु पर्यो।

कार्यक्रम थियो बर्लिनमा भइरहेको महिलाहरुको जी-२० समिट।

इभान्का ट्रम्प, महिला उद्योगपतिहरुमाथी भइरहेको छलफलमा जर्मनीकी चान्सलर अंगेला मर्केल र अन्तराष्ट्रिय मुद्रा कोषकी अध्यक्ष क्रिस्टीन लेगार्डसंगै भाग लिइरहेकी थिइन।

तर जब उनले आफ्नो पिता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा शुरु गरिन तब त्यहाँ उपस्थितहरु उनको कुरामा सहमत भएनन्।

जब उनले भनिन की आफ्नो पिता महिलाहरुको इज्जत गर्छन् र परिवारको अवधारणामा विश्वास राख्छन् तब उपस्थितहरुले चर्को स्वरले उनको कुरामा असहमति जनाएका थिए।

यो कार्यक्रम ‘वुमेन जी-२० समिट’को हिस्सा थियो।

डोनाल्ड ट्रम्पले महिलाहरु प्रतिको उनको रवैयाको कारण आलोचनाको सामान गर्नु परेको थियो। अघिल्लो वर्ष अमेरिकी राष्ट्रपति चुनाव प्रचारको क्रममा उनको एक भिडियो सार्वजनिक भएको थियो जसमा उनी महिलाहरुको बारे अभद्र कुरा गर्दै गरेको देखिएका थिए।

यसपश्चात अमेरिकालगायत विश्व भर उनी विरुद्ध प्रदर्शन भएको थियो।

इभान्काले भनिन, ‘मैले मेरो पितामाथीको आलोचना सुनेको छु, तर म उहाँलाई त्यो रुपमा चिन्दिन। म मात्र किन तमाम महिला जो उहाँको साथमा छन्, उहाँको कम्पनीमा काम गरिसकेका छन् उनीहरु त्यो आलोचना, त्यी विषयहरुसंग सम्बन्ध राख्दैनन्।’

पिताले उनलाई सदैव अगाडी बढ्न प्रेरित गरेको सो बखत इभान्काले बताइन्।

डोनाल्ड ट्रम्प आफ्नो छवी खराब गरिदिएकोमा बेलाबखत मिडियामाथी खनिने गरेका छन्।

ट्रम्पको टिममा इभान्काको के भूमिका छ अहिलेसम्म स्पष्ट भएको छैन।

मार्चमा घोषणा गरिएको थियो कि इभान्का आफ्नो पिताको अवैतानिक सहायकको भूमिकामा काम गर्नेछिन्।