१० पुस, एजेन्सी ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका साथीले राष्ट्रपति वाराक ओवामा र उनकी पत्नीका वारेका वोलेका आपत्तिजनक कुरा चर्चाको शिखरमा रहेको छ ।  msid-56163891width-400resizemode-4capture

शुक्रबारको एक स्थानीय पत्रिकाले ट्रम्पका व्यापारिक साथी कार्ल पालाडिनोले वोलेका कुरा प्रकाशित गरेपछि चर्चा सुरु भएको हो । कर्लले ओवामा भयंकर रोग लागेर मरुन र उनलाई चौपायासंगै गाडियोस् भन्दै मिशेललाई पनि तुच्छ शब्द प्रयोग गरेका छन् ।

करोडपति रियल स्टेट डेभ्लोपर कार्ल सन् २०१० मा रिपब्लिकन पार्टीबाट गभर्नरको चुनाव पनि लडेका थिए तर, उनी पारजित भएका थिए । आर्टवाइसको सर्भेमा नयाँ वर्षको शुभकामनाका लागि एउटा लिष्ट बनाउन उनलाई एक प्रश्न सोधिएकामा कार्लले यस्तो जवाफ दिएका हुन् । सो सूचिमा स्थानीय कलाकार, प्रस्तोता र व्यापारीहरूको नाम समावेश थियो ।

कार्ललाई नयाँ वर्ष २०१७ मा तपाई आफ्नो मनको के इच्छा पुरा भएको देख्न चाहनुहुन्छ ? भनेर सोधिदाँ कार्लले भनेका छन् ‘ वाराक ओवामा २०१७ मा गौ करणी गर्दा गर्दै रंगेहात समातिउन र उनी गाईलाई लाग्ने ठूलो रोग लागेर मरुन, उनलाई चौपाया गाडने ठाउँमा दफनाइयोस् । मिशेल ओवामा पनि मरेर जिम्बाब्बेमा जन्म होस् र एउटा अध्यारो गुफामा दिन विताइरहेको देख्न पाइयोस् ।’

कार्लले प्रष्टिकरण दिदै भनेका छन् ‘यो मेरो मनको भित्री इच्छा हो । यो भनाईको नश्लिय भावनासंग कुनै लिनु दिनु छैन ।’ कार्लले सन् २०१० मा पनि ओवामा क्रिश्चियन नभएर एक मुसलमान भएको बताएका थिए । त्यतिबेला उनको निक्कै आलोचना भएको थियो । त्यतिबेला धेरैले उनलाई ‘नश्लवादी’ भएको बताएका थिए ।