२ फाल्गुन ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिएका छन् ।

ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी राजदूतसँग अमेरिकाले रुसमाथि लगाएको प्रतिबन्धबारे छलफल गरेको भन्ने खबर आएपछि उनले पद्बाट राजीनामा दिएका हुन ।

एक महिनाको विचमा यस विषयले ट्रम्प प्रशासनलाई दोस्रो ठुलो झट्का दिएको छ । पहिलो झट्का, सात मुस्लिम राष्ट्रका आप्रवासी समक्ष लगाएको प्रतिबन्धमाथि अदालतले रोक लगाएको थियो । अहिले ट्रम्पका सबैभन्दा नजिक ठानिएका माइकल फ्लिनले दबाबका कारण राजिनामा दिएका छन्।

अब उनले रुससंग कस्तो सम्बन्ध स्थापित गर्लान ? ट्रम्पको लागी यो पनि ठुलो चुनौती हुनेछ । किनकी ट्रम्पले चुनावी अभियान देखिनै राष्ट्रपति पुटिनको पक्षमा बयान दिदै आएका छन्। अमेरिकी चुनाव प्रभावित पारेको भनी रुसलाई लाग्दै आएको आरोपमा ट्रम्पले रुसको बचाउ गर्दै समेत आएका छन्। अहिले उनले विदेश नीति तथा सुरक्षा मामिलाका आफ्ना नजिकका सल्लाहकार गुमाएका छन् ।

ट्रम्पले गत जनवरीमा राष्ट्रपति पद सम्हालेपछि नियुक्त गरेका मध्ये पदत्याग गर्ने उनि सबैभन्दा उच्च तहको व्यक्ति हुन ।

ट्रम्पको चुनावी अभियानका क्रममा उच्च तहको सल्लाहकारको भूमिकामा रहेका सेनाका पूर्वजनरल कैथ केलोङलाई फ्लिनले राजीनामा दिएपछि कार्यबहाक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।

डेमोक्रेटिक पार्टिकी वरिष्ठ नेतृ न्यान्सी पलोसीले फ्लिनले अमेरिकी जनतालाई ढाँटेको भन्दै उनलाई पदबाट हटाउन राष्ट्रपति ट्रम्पसँग माग गरेका थिए ।

फ्लिनले आफु बारे आएका खबरहरुका लागि उपराष्ट्रपति समक्ष माफी मागेका थिए।उनले रुसी राजदूत सेरगेइ किसलियाकसँगको छलफलबारे गलत प्रचार भएको दावी गरेका थिए ।

तर सर्वत्र आलोचना हुनुका साथै राजीनामाको दवाव परेपछि उनले राजीनामा दिएका हुन ।