१७ माघ, एजेन्सी।
बेलायतमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउन ११ लाखले हस्ताक्षर गरेका छन्। यो सङ्ख्या निकै तीव्र बढ्दै छ।

बेलायतका वकिल ग्राहम गेस्टले सुरु गरेको पिटिसन हप्ता दिनसम्म वास्ता गरिएको थिएन। ट्रम्पलाई बेलायतको महारानीसंग हात मिलाउन नदिने यो अभियानको लागि ११ लाख भन्दा बढी मानिसको हस्ताक्षर संकलन भइसकेको छ। 

नोभम्बरको अन्त्यसम्म केवल ३७२ हस्ताक्षर गरिएको यो अभियानको लागि बेलायत सरकार र संसद वेबसाइटमा अहिलेसम्म ११ लाख हस्ताक्षर संकलन भइसकेको छ।

शनिबार ट्रम्पले ७ मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएपछि बेलायतको यो वेबसाइटमा गएर हस्ताक्षर गर्नेको सङख्या ह्वात्तै बढेको हो।

नियम अनुसार, १ लाख हस्ताक्षर वा बढी भए उठाइएको मुद्धा संसदमा छलफलको लागि योग्य मानिनेछ, तर पक्का भन्न भने सकिदैन।

हस्ताक्षर अभियानले ट्रम्पको बेलायत यात्रा ‘महारानीको लज्जाको कारण बन्ने’ बताएको छ।

यो पढ्नुस।
संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल
ट्रम्पको निर्देशन पश्चात दुबईको इमिरेट्स एयरवेजले मुस्लिम स्टाफ निकाल्यो