२२ फागुन, एजेन्सी।
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको आरोपको खण्डन गरेका छन्।

अघिल्लो वर्ष चुनावमा आफ्नो जित भन्दा अघि ओबामा नेतृत्वको प्रशासनले ट्रम्प टावरको फोन कल ट्याप गरेको ट्रम्पले आरोप लगाएपछि ओबामाले खण्डन गरेका हुन।

ओबामाका प्रवक्ता केविन लूईसले भने, ‘न ओबामा न ह्वाइट हाउसका कुनै अधिकारीले कुनै अमेरिका व्यक्तिको जासुसीको आदेश दिएका थिए।’

उनले ओबामा प्रशानसमाथी लगाइएको आरोप झूटो भएको बताए।

पटक पटक ट्वीट गर्दै ‘डरलाग्दो’ बताएका ट्रम्पले यसबारेमा कुनै तथ्य भने अघि सारेका छैनन।

बीबीसी लेख्छ, हालै मिडियामा छापिएका खबर अनुसार अघिल्लो वर्ष अमेरिकी जाँच एजेन्सी एफबीआईले ट्रम्पको टिमका सदस्यमाथी निगरानी राख्न वारेन्ट लिने कोसिस गरेको थियो। टिमका केही सदस्य रुसका नियमित सम्बन्धमा रहेको हुनसक्ने अनुमान एफबीआईले गरेको थियो।

यो भन्दा अघि पूर्व राष्ट्रपतिका सल्लाहकार बेन रोड्सले ट्वीट गरेर कुनै राष्ट्रपतिले फोन ट्याप गर्न आदेश दिन नसक्ने बताएका थिए।