३० असोज, झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–१ दुर्गापूर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवशताक्षी नगरपालिका–९ का ३० वर्षीय बुद्धिबहादुर राई रहेका छन् ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे१त ३६५० नंको ट्र्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको मे१प ७९११ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राईको उपचारका क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस