७ जेठ, लहान ।

सिरहाको भगवानपुर गाउँपालिका–५ स्थित भित्री सडकखण्डमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

राति १० बजेतिर स१त २९७३ नंको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ निवासी १७ वर्षीय अमर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा ट्र्याक्टरमा सवार भगवानपुर गाउँपालिका–५ कै १६ वर्षीय शिवनारायण मण्डल गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका शिवनारायण र अमरलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै अमरको मृत्यु भएको इप्रका, लहानले जनाएको छ । घाइते शिवनारायणको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचार भइरहेको छ । रासस