२ माघ, कावासोती ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको लु ३ त २६९९ नं कोे ट्र्याक्टर पल्टँदा दुम्किबास– ५का २६ वर्षीय चेतबहादुर रेस्मी र ट्र्याक्टर सवार दुम्किबास– १ बस्ने २७ वर्षीय शम्भु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक फरार छन् ।