२७ पुस,काठमाडौं ।  पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने विषय मन्त्रिपरिषदबाट पास गराउन नसकेपछी कमल थापाले ट्विटरबाट खेद प्रकट गरेका छन्

महत्वपुर्ण मन्त्रालय सहित उपप्रधानमन्त्रि सम्हालेका थापाले अनेक प्रयासका बाबजुत  राष्ट्रिय एकता दिवस मनाउने निर्णयमा प्रधानमन्त्री र सत्ता साझेदार दलहरुलाई सहमत गराउन सकेनन।

थापाले ट्विट गर्दै लेखे, अथक प्रयासका बाबजुद आफै सरकारमा रहंदा पनि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउने निर्णयगर्न नसकेकोमा दुख खेद प्रकट गर्दछु।

उनको आक्रोश यही टुङगिएन उनले फेरी अर्को ट्विट गरे,राष्ट्रनिर्मातालाई उचित सम्मान दिन नचाहनेहरुले राष्ट्रिय अखण्डता स्वाभिमानको रक्षा गर्न सक्दैनन्।

थापाको पछिल्लो ट्विटले  प्रधानमन्त्री ओली र सो निर्णय गर्न नदिने अन्य दलका मन्त्रिहरु प्रति संकेत गरेको बताइन्छ।

सरकारका उपप्रधानमन्त्रि तथा मन्त्रिहरुबीच कमल थापाको यही प्रस्तावमा व्यापक मदभेद देखिएको बताइन्छ।kamal thapa tweet a kamal thapa tweet about ekata diwas1