३२ साउन, रामेछाप ।

रामेछापमा दोरम्बा हत्याकाण्ड भएको आज १२ वर्ष पुरा भएको छ । २०६० साल साउन ३२ गते तत्कालिन शाही नेपाली सेनाले दोरम्बामा २१ जना माओवादी कार्यकर्ताको हत्या गरेको थियो ।

आज एकीकृत नेकपा माओवादी सहित तीन माओबादीले दोरम्बामा स्मृति दिबस मनाउने भएका छन् । सोहि दिनको सम्झनामा आज दिउसो मन्थलिको देवकोटाचोकमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।

रामेछापको दोरम्वा बजारभन्दा केहि तल स्थानिय शिक्षक युवराज मोक्तानको घरमा त्यस दिन माओवादी कार्यकर्ताहरुको आन्तरिक छलफल बसिरहेको थियो ।

Doramba

मन्थलीबाट मेजर राममणी पोखरेलको नेतृत्वमा झण्डै ८० जना सेनाको टोली युवराजको घरमा घेरा हाल्यो । केही माओवादी कार्यकर्ता सैनिकका घेराबाट उम्कन सफल भए भने युवराज समेत २१ जनालाई सेनाले आफनो कब्जामा लिए हत्या गरेको थियो । ती सबै आफ्ना कार्यकता नभएको माओवादीले जनाएको छ ।

समातिएकाहरुलाई अनुसन्धान तथा सोधपुछ नै नगरी सवैलाई पछाडिबाट डोरीले बाँधी बन्दुकको कुन्दाले हान्दै सेनाले सैलुङको बाटो तर्फ लगेको थियो ।

डाँडाकटेरी भन्ने स्थानमा पुगेपछि सुनसान भिरालो बाटोमा हतियार विहीन १९ जनालाई गोली हानी हत्या गरियो । गोली प्रहार पछि भिर मुनि फ्याँकिएको थियो ।

Doramba Ghatana

तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) र तत्कालीन सरकार पक्षबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेको अवस्थामा सेनाले दोरम्बामा आन्तरिक बैठक बसिरहेका निशस्त्र माओवादी नेता तथा कार्यकर्ताहरुको हत्याको चौतर्फी आलोचना भएको थियो ।

तत्कालिन सेनाले जिल्ला कमिटीको वैठकमा आक्रमण गरेपछि जिल्ला सेक्रेटरी मदन, राजन, रामकुमार, उदय, मोहन, अमीर, सागर, मनोज लगायत ११ जना कार्यकर्ताहरु भने सो घेरा तोडेर वािहर निस्कन सफल भएका थिए ।

दोरम्बा हत्याकाण्ड पछि सरकार र तत्कालिन नेकपा माओवादिबीच चलिरहेको शान्तिवार्ता र युद्धविराम भंग भएको थियो ।

हत्याकाण्ड भएको १२ बर्ष पूरा हुँदा पनि पीडक पक्षलाई कानुनी कार्वाही नगरिएको र पीडितले राहत र क्षतिपूर्ति नपाएको भन्दै मानब अधिकार आयोगले पीडितहरु प्रति राज्यले घोर अन्याय गरेको ठहर गरेको छ ।

यो पनि पढ्नुहोस।

दोरम्बा हत्याकाण्डका पाँच कारण (घटनाका तस्विर सहित)