११ चैत, हेटौडा । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकार तथा प्रमुख चारशक्तिले आफ्नो पार्टी र साना दलसँग तत्काल वार्ता नगरे निर्वाचन बिथोलिदिने चेतावनी दिएका छन् ।
अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घ ताम्सालिङ राज्यसमितिद्वारा आयोजित विचारगोष्ठीमा उनले स्वदेशी उद्योगलाई फस्टाउन दिनेतर्फ राजनीतिक दलहरूले मजदूर सङ्गठनलाई राजनीतिक भूमिकामा नियन्त्रण राख्न आग्रह गरे ।
सचिव चन्दले जनतालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन स्वदेशी उद्योगलाई समुन्नत पार्न आफ्नो पार्टीले आगामी संविधानसभाको निर्वाचनमा नयाँ भूमिका खेल्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अनिल शर्मालगायतले स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउन सरकारले कच्चापदार्थ ल्याउन भन्सार छुटको सुविधा दिनुपर्ने बताए । रासस