४ फागुन, काठमाडौं ।

डडेल्धुराको भागेश्वरबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ८३३ नम्वरको यात्रुवाहक जीप आज दुर्घटना हुँदा ५ जनाको मृत्यु र ६ जना गम्भीर घाइते भएको घटनाप्रति नेपाली कांग्रेस दुःख व्यक्त गरेको छ ।

बुधबार विज्ञप्ती जारी गर्दै कांग्रेसले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको जनाएको छ ।

साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उनीहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट पनि गरेको छ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको केन्द्रय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

डडेल्धुरा सदरमुकाम आउँदै गरेको बस अमरगढी भन्ने ठाउँमा सडकबाट १३० मिटर तल खस्दा ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यो पढ्नुस्।

डडेल्धुरा जीप दुर्घटना: ज्यान गुमाउने सबैको सनाखत