३ कात्तिक, काठमाडौं ।

केहीदिनयता उतारचढावपूर्ण रहेको अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार प्रतिडलर विनिमयदर ९ पैसाले घटेको हो ।

पछिल्लोपटक नेपाल राष्ट्र बैंकले प्रतिडलर विक्रीदर १ सय ४ रुपैंयाँ निर्धारण गरेको छ । त्यसअघि प्रतिडलर विक्रीदर १ सय ४ रुपैंयाँ ९ पैसा थियो । खुला बजारमा वाणिज्य बैंकहरुले भने प्रतिडलर १ सय ५ रुपैंयाँभन्दा माथिको विक्रीदरमा कारोबार गरेका छन् ।

dolor us

यसअघि अमेरिकी रोजगारीमा सुधारसँगै अर्थतन्त्र सबल हुन थालेपछि डलर चारमहिनायता मजबूत बनेको थियो । हाल अमेरिकी रोजगारीमा संकुचन देखिएको छ ।

नेपालको हकमा भने डलरको भाउ वढ्दा निर्यात् व्यापार र रेमिट्यान्स आयमा वृद्धि हुनेछ भने विदेशबाट आयत गरिने वस्तुको मूल्य महँगो पर्न जान्छ । आयातमुखी अर्थतन्त्र भएका कारण डलरको भाउ बढेसँगै नेपालको नोक्शानी पनि बढ्ने गर्दछ ।