१४ फागुन, एजेन्सी ।

केही समयदेखि अभिनेता ऋतिक रोशनलाई एक रोगले सताइरहेको छ । तनाव बढ्दा ऋतिक डिप्रेशनको शिकार हुँदै गएका छन् । यसका लागि उनीले भारतमै उपचार पद्धति अपनाए तर कुनै समाधान नभएपछि जर्मनी जाने निर्णयमा पुगेका छन् ।

ऋतिक पछिल्लो बर्ष निकै तनावमा रहेको बताइन्छ । ऋतिकको लामो वैवाहिक सम्बन्ध टुंगियो, अभिनेत्री कंगना रनोटसँगको सम्बन्धले पनि ऋतिक निकै तनावमा रहे। तथापी आफ्नी पूर्वपत्नी र छोराहरुलाई समय दिएर भेट्ने भने गर्दै आएका छन्।

कंगनासँगको उनको विवाद निक्कै लामो समयदेखि चल्दैआएको छ । त्यस्तै, ऋतिकले आशा गरेको फिल्म ‘महेंजो दारो’ पनि फ्लप साबित भयो । मानसिक रोगको शिकार भएको महसुस भएपछि उनी जर्मनी पुगेका हुन।

यद्यपी, उनको अन्तिम रिलिज भएको फिल्म ‘काबिल’ भने केही सफल रह्यो ।