११ वैशाख, एजेन्सी।

नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पक्राउ परेका छन्।

कार्यसम्पादन मूल्यांकनको कागजात पेश गर्ने क्रममा कीर्ते गरेकोमा उनी उपर छानबिन चल्दैछ। यसै बिषयमा उनलाई प्रहरीले हिरासतमा लिएको हो।

उनलाई कार्यसम्पादन मूल्यांकन फाइलमा हेरेफेर गरेको विषयमा सोधपुछ गर्न उनलाई अहिले प्रहरी हेडक्वार्टर लगिएको छ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले नेपालीहेडलाइन्ससंग भने, ‘पक्राउ गरेर सोधपुछको लागि हेडक्वार्टर ल्याइएको छ। छानबीन कमिटीले सोधपुछ गरिरहेको छ।’