२४ बैशाख, एजेन्सी ।

वेष्टइण्डियन क्रिकेटर क्रिश गेल यसै पनि चर्चामा हुन्छन् । कहिले धुवाँदार ब्याटिङ गरेर त कहिले डान्स गरेर ।

पछिल्लो समय भने क्रिश गेल एक भारतीय केटीले डेटिङ जाने प्रस्ताव राखेपछि दिएको जवाफका कारण चर्चामा छन् ।

Chrish gayle indian girl

दिल्लीकी एक युवतीले ट्वीटरबाट क्रिश गेलसँग डेटिङ जाने प्रस्ताव राखिन् । ती केटीले राखेको प्रस्तावको जवाफ क्रिश गेलले झनै सुन्दर ढंगले दिएपछि ती युवती र क्रिश गेलको चर्चा चुलिएको छ ।

क्रिश गेलले राखे छोरीको नाम ‘ब्लश’ अर्थात ‘लाज लाग्नु’

आरोही नामकी दिल्लीकी ती युवतीले ट्वीटरमा, गेल तिम्रो लागि मात्र मेरो मुटु धड्किन्छ, के मलाई डिनर खान लैजान सक्छौं?’ भन्दै ट्वीट गरेकी थिइन् ।

Chrish gayle indian girl 1

ती युवतीलाई जवाफ दिँदै क्रिश गेलले लेखे, “अँ डिनरका लागि जान तयार छु तर बिल तिम्ले तिर्छौ भने” भन्ने जवाफ दिएका थिए ।

Chrish gayle indian girl 2

यस अघी पनि क्रिश गेललाई एक भारतीय युवतीले प्रेम प्रस्ताव राखेर चर्चामा आएकी थिइन् ।

जव अम्पायरले क्रिश गेललाई मैदानबाट निकाले (भिडियो सहित)