१० साउन, ताप्लेजुङ । तताउँदै गरेको दूधको भाँडोमा डुबेर ताप्लेजुङको फुङलिङ–५ मा एक बालकको ज्यान गएको छ ।

इलाम घर भई ताप्लेजुङको फुङलिङ–५ मा दूध डेरी सञ्चालन गर्दै आएका महेश अधिकारीका तीन वर्षीय छोरा बल्लभ अधिकारीको उपचारका लागि धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

मङ्गलबार दिउँसो खेल्दाखेल्दै अचानक तताउँदै गरेको दूधको भाँडोमा परेर शरीरको ९० प्रतिशत भाग जलेका उनलाई यहाँको अस्पतालले उपचार गर्न नसक्ने भन्दै धरान पठाएको थियो । बालकको घाँटीभन्दा मुनिको सबै भाग जलेको थियो । रासस