२४ मंसिर, काठमाडौं ।
सरकारले तत्काल सुधारको विस्तृत कार्ययोजना २०७२ कार्यन्वन्यनमा पठाएको छ । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद बैठकले तत्काल सुधारको विस्तृत कार्ययोजना २०७२ पारित गरेको हो ।

दिल्ली दौडपछि मोर्चाको अवको रणनीति !

भूकम्प पीडितलाई राहत देखि पूर्नस्थापना र पूननिर्माणको काम तथा सुशासन र दिगो आर्थिक विकास कार्यक्रम समेत रहेको उक्त सुधार योजना अव कार्यन्वयनमा गएको छ ।

Cabinet PM Oli 1

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको चीन भ्रमणका बेला सम्झौता भएको १४ अर्व आर्थिक तथा प्राविधिक सहायता स्विकार गर्ने निर्णय गरेको छ । चीन सरकारको उक्त सहयोग सडक विस्तार र सुधारमा खर्च हुनेछ ।

पेरिसडाँडाँमा खुलासाः दिल्ली योजनामा बाबुराम मुख्य शुत्राधार !

बैठकमा मन्त्रालयहरूले पेश गरेका आआफ्ना एजेन्डामा माथि समेत छलफल भएको थियो । मधेसीमा जारी आन्दोलनले गरेको नोक्सानी र सुरक्षा व्यवस्थामा पनि छलफल भएको बताइएको छ ।