हामी स्वस्थ्य र स्फूर्त रहन निकै जाँगरका साथ जिम हाउस वा घरमै पनि इन्टरनेटमा भिडियो हेर्दै व्यायाम गर्न सुरु गर्छौ ।

jym-111740813

तर, के तपाईलाई थाहा छ, व्यायामलाई निरन्तरता दिन नसकिएमा वा बिचमा छोडिदिएमा के–कस्ता समस्या आइपर्छन् ? जान्नुहोस्, व्यायाम छोड्को नराम्रो असर बारेमा ।

  • व्यायाम गर्न छोडेको केही समय आफू फिट नै रहेको महसुश गर्नुहुनेछ, तर करिब १२ हप्तापछि विस्तारै फिटनेसमा असर देखिन थाल्छ ।
  • यदि तपाई हृदयवाहिनीसँग सम्बन्धित कुनै व्यायाम गर्दै हुनुहन्छ भने व्यायामलाई बिचमै रोक्नुभएमा हृदयवाहिनीमा भयंकर असर पर्न जान्छ । त्यस्तै, बिचमा व्यायाम रोकेमा पाचन शक्ति कमजोर बन्दै जान्छ र फेरि तपाईको पेट मोटाउन थाल्छ ।
  • यति तपाई लगातार जिम जानुहुन्छ भने तपाईको रक्तचाप पनि सामान्य रहन्छ । तर, बिचमा छोड्नुभयो भने, रक्तचाप बढेर जान्छ र थकानको महशुस बढी हुन्छ । त्यस्तै, जिम जान छोडेपछि चाँडै थाक्ने वा गल्ने हुन्छ । केही खुड्किला चढ्नलाई पनि निकै कष्ट परेको अनुभव गर्नुहुन्छ ।
  • नियमित व्यायामले तनाव भाग्ने हुन्छ र दिमाग पनि शान्त रहन्छ । तर, व्यायाम छोडेपछि दिमाग भारी भएको महसुश गर्नुहुन्छ । बिचमा व्यायाम छोड्दा शरीरको मांशपेसीमा सबैभन्दा बढी असर पर्न जान्छ । जसले गर्दा मांशपेसीहरु कमजोर बन्दै जान्छ ।

यो पढ्नुस्।

के ‘यौन सम्पर्क’लाई व्यायाम भन्न सकिन्छ?

यस्ता ६ सङ्केत देखियो भने तुरुन्तै व्यायाम गर्न रोक्नुहोस्

कुन समयमा व्यायाम गर्नु उचित हुन्छ- विहान वा साँझ?