धेरैजसो पुरुष मित्रहरुलाई आफू स्वस्थ्य रहेको भ्रम हुन्छ । तर, धेरै स्वास्थ्य समस्या बढीरहेको हुन्छन्, जो पुरुष आफैले वेवास्ता गरिरहेका हुन्छन् । जान्नुहोस्, त्यस्ता गल्ति जसले स्वास्थ्यसम्बन्धि गम्भिर समस्या निम्त्याउँछ ।

male_body

१. घुर्ने बानीलाई बेवास्ता गर्नु – प्राय: जसो पुरुष घुर्ने बानीलाई गम्भिर रुपमा लिदैनन् । तर यो स्लिप एप्निया, हार्ट अट्याक, डिप्रेशन, उच्च रक्तचापजस्ता समस्याको संकेत हुनसक्छ ।

२. धुम्रपान गर्नु – धेरैजसो किशोरावस्थाका पुरुषहरु स्मोकिङ गर्नु सानको रुपमा लिन्छन् । यद्यपी, धुम्रपान गर्नु पुरुषत्व होइन । यसले मुटु, किड्नी, मस्तिष्कसँग जोडिएका धेरै प्रकारका स्वस्थ्य समस्या उत्पन्न गराउँछ ।

३. मद्यपान गर्नु – लिभर बिगार्ने, मोटोपन, मधुमेह तथा मस्तिष्क सम्बन्धि रोगको कारण बन्नसक्छ मद्यपान गर्ने बानी ।

४. हरियो साग–सब्जी कम खानु – फलफूल तथा साग–सब्जी खाली महिला, बालबालिका तथा रोगीहरुका लागि मात्र होइन, पुरुषलाई पनि धेरै रोगबाट बताउँछ ।

५. निन्द्रा नपुग्नु – निन्द्रा नपुग्नाले डिप्रेशन, तनाव, उच्च रक्तचाप, मोटोपन, मुटु रोग जस्ता समस्याको स्रोत बन्न पुग्छ ।

६. पिसाबसम्बन्धि समस्या – पिसाबसँग सम्बन्धि कुनै पनि समस्यालाई बेवास्ता नगर्नुहोस् । यसले किड्नीमा पत्थरी, युरिनरी ट्रेक्ट डिसअर्डर, क्यान्सरजस्ता गम्भिर समस्या हुनसक्छ ।
७. मुटुसम्बन्धि समस्या बेवास्ता गर्नु – मुटु दुख्ने, लगातार एसिडिटी, श्वास बढ्नेजस्ता समस्या पनि बेवास्ता नगर्नुहोस् । यसले हार्ट अट्याक तथा गम्भिर मुटुको रोग हुनसक्छ ।