१८ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले एसियन कप छनौट अन्तर्गत ताजिकिस्तान विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

मूख्य प्रशिक्षक ग्योतोकु कोजीले नेपाली टिममा यसपटक केही परिवर्तन गरेका छन् । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलन न्यौपानेलाई ल्याइएको छ । भने मिडफिल्डर अञ्जन बिष्टलाई फरवार्डको जिम्मेबारी दिइएको छ ।

यसअघि भदौ २० गते एन्फा मैदानमा भदौ ताजिकिस्तानबिरुद्ध खेलेकै टोलीका अघिकांश खेलाडीले यस टिममा पनि स्थान बनाएका छन् । एसियन कप छनौटको यसअघिका तीन खेलमा नेपाल जितबिहीन छ ।

आगामी असोज २४ गते ताजिकिस्तानमा हुने खेलका लागि घोषित टोलीमा गोलरक्षक किरणकुमार लिम्बु, एलन न्यौपाने र बिकेश कुथु रहेका छन् ।

डिफेण्डरको भूमिकामा बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ र राजेन्द्र रावल र मिडफिल्डर सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, बिक्रम लामा, बिशाल लाई, हेमन्त थापामगर र सुजल श्रेष्ठ र
स्ट्राइकरमा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास र अञ्जन विष्ट रहेका छन् ।