९ चैत, काठमाडौँ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सुचारु गर्न चीन सहमत भएको छ । नेपालले नाका खोल्न गरेको प्रस्ताव चीनले स्वीकारेको र त्यसबारे आज आउने संयुक्त वक्तव्यमा स्पष्ट पारिने बताइएको छ।

भन्सार लगायतका पूर्वाधार तयार गरी नाका छिट्टै संचालनमा ल्याउन चीन सहमत भएको हो। चीनले खासाभन्दा केही माथि रहेको न्यालममा भन्सार लगायतका पूर्वाधार राखेर नाका संचालनमा ल्याउन चाहेको छ ।

गत वैशाख १२ गतेको भूकम्पपछि चीनले यो नाका बन्द गरी खासा क्षेत्रका सबै बासिन्दालाई सिगात्सेमा स्थानान्तरण गरेको थियो । खासाबासी ‘फ्रि तिब्बत’ अभियानमा लागेको अनुमानका कारण पनि चीन यो नाका सुचारु गर्न त्यति उत्साहित भने छैन।

यो पनि पढ्नुस्।

बेल्जियमको राजधानी ब्रसेल्सको जाभेन्टेम विमानस्थलमा दुई बम विस्फोट, कयौँको मृत्यु

सट बल फर्काउन नसके पनि ह्यारीकै जित

नेपालको भू–भाग चीनको विरुद्ध प्रयोग हुन दिन्नःप्रधानमन्त्री ओली