२८ जेठ, काठमाडौं।
व्यवस्थपिका संसद अन्र्तगत सामाजिक न्याय तथा मानव अधिकार समितिले ताप्लेजुङका जोखिम वस्ती सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

taplejung landslide (1)अविरल बर्षाको कारण ताप्लेजुङको लिवाङग, खोक्लिङ्ग, थिङलाबु, लिङतेप लगायतको गाविसहरुमा पहिरोका कारण पीडित भएकालाई उद्दारको व्यवस्था मिलाई विनाशकारी भूकम्पका पीडितहरुलाई दिए सरहको राहत उपलब्ध गराउन निर्देशन दिएको हो। भूकम्प प्रभावित क्षेत्रहरुमा बढ्दो महिला तथा बालबालिका बेचबिखन अपराध नियन्त्रण गर्न र सो क्षमा कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

समितिका सभापति सुशीलकुमार श्रेष्ठको सभापतित्वमा बसेको बैठकले गृहमन्त्री वामदेव गौतम नेपाल प्रहरीका महानिरीक्षक, उपेन्द्रकान्त अर्याल, शसस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्त र कारागार व्यवस्थापन विभागका महानिर्देशसँग छलफल गरी सो निर्देशन दिएको हो ।