१७ पुस, ताप्लेजुङ।
जिल्ला वन कार्यालयअन्तर्गत खोक्लिङ रेञ्जपोस्टमा कार्यरत वन रक्षक गणेश शाहीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जाजरकोट घर भएका शाहीको आज बिहान हत्या भएको हो । खोक्लिङ गाविसको ओइराखुस्थित सामुुदायिक वनको लगत सर्वेक्षणका क्रममा गएका समयमा स्थानीय सविन लिम्बुूले खुकुुरी प्रहार गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

धारिलो हतियार प्रहारबाट घाँटी र शरीर छुट्टिएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थल सदरमुकामबाट करिब चार घन्टाको पैदल दूरीमा पर्छ । खुकुरी प्रहार गर्ने सविन फरार रहेको र उनको खोजी कार्य भइरहेको बताइएको छ । रासस