२५ साउन, इलाम । इलाममा तारेभीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।

माइजोगमाइ गाउँपालिकाको केन्द्र नयाँबजारबाट प्याङ जाँदैगर्दा बाटोमा पर्ने तारेभीरबाट खसेर अन्दाजी ५० बर्षिय सेते भनिने पूर्णबहादुर दर्जीको मृत्यु भएको हो ।

दर्जी सडकबाट अन्दाजी २०० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलमा राखिएको छ ।