२० माघ, साउदी अरब।
धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ ।

धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले च्यापिएर ज्यान गएको हो । अघिल्लो आइतबार ढोकाले च्यापिएर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा सोमबार मृत्यु भएको लखिन्द्र यादवले बताए । लखिन्द्रका अनुसार मृतक यादवको टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । होटेल सञ्चालकले स्वचालित ढोकाले च्यापिएर यादवको मृत्यु भएको भनेपनि घटना शङ्कास्पद रहेको उनको भनाइ छ ।

यादव साउदीको इस्टर्न वर्क्स अपरेसन सप्लाई कम्पनीमार्फत खोबारस्थित मुभेनपिक होटेलमा कार्यरत थिए । उनी गत मङ्सिर १ गते विजय ओभरसिज काठमाडौँमार्फत साउदी आएका थिए । यादवको शव खोबारस्थित अलमना अस्पतालमा राखिएको छ । उनको मृत्यु भएको खबर परिवारलाई जानकारी गराइएको लखिन्द्रले बताए । यादवको परिवारमा वृद्ध बुबाआमा, एक श्रीमती र ६ महिनाको एक छोरा रहेको बताइएको छ । रासस

यो पनि पढ्नुस्।

नेपाली चेलीको कोरियामा उपचारका क्रममा निधन

मन्दिर जानैपर्ने १० वैज्ञानिक कारण

कम्युनिष्ट बिग्रँदा मधेस आन्दोलन : प्रचण्ड