४ माघ, काठमाडौं ।

समस्या समाधानको गर्नका तयार भएको सस्यौदालाई अन्तिम रुप दिन प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको छ ।

साँझ ६ बजेको लागि मोर्चालाई कार्यदलको बैठकमा बोलाइए पनि तीन दलका कार्यदलका सदस्य सिंहरवारमा आइपुगेका छन् । मधेसी मोर्चाका नेताहरु भने तीन दललाई सिंहदरवामा आधा घण्टादेखि कुरी रहेका छन् ।

Baluwatar Top Leader Meet

फाइल तस्विर

सहमतिको लागि तयार पारिएको मस्यौदामा राजनीतिक संयन्त्रममा नै तराईमा दुई प्रदेश हुनुपर्ने माग राखेपछि आइवार बसेको कार्यदलको बैठकमा सहमति जुटन सकेको छैन ।

मधेसी मोर्चाका शीर्ष नेताहरुले भने उधारोमा सहमति नहुने बताउंदै आएका छन् । तीन दलको बैठक सकिएपछि तीन दल मोर्चा सहभागी कार्यदलको बैठक बस्ने छ । मोर्चाबाट कार्यदलमा सहभागी नेताहरु सिंहदरवामा तीन दलका नेताहरुको प्रतिक्षामा बसेका छन् ।