१४ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीले बोलाएको त्रिपक्षीय वार्ताको लागि सत्तारुढ दल, प्रमुख विपक्षी कांग्रेस, र मधेसी मोर्चाका नेताहरु सहभागी हुने क्रम सुरु भएको छ ।

वार्तामा मधेसी मोर्चाका महन्त ठाकुर बाहेक अन्य शीर्ष नेताहरु भने सहभागी भएका छैनन ।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र राय यादव लगायतका नेताहरुलाई वार्तामा आउन आग्रह गरेका थिए । ओलीले सहमति जुटाउनको आफ्नै पार्टीभित्र समेत कुनै छलफल गरेका छन ।

वार्तामा नआएर उपेन्द्र, राजेन्द्र महतोहरु प्रशिक्षणमा

सीमाकंन लगायका विषयमा सहमति जुटाउनको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबीच आज बिहान छलफल भएको छ । सहमति निर्माणको लागि प्रधानमन्त्री ओलीले बिहानबाट आफू निकट नेताहरुसंग छलफल गरेका छन् । सहमति निर्माणको लागि प्रमुख तीन दलबीच साझा धारणा समेत बन्न सकेको छैन ।

नाकाबन्दी खुलाउने र मधेश आन्दोलन निम्ट्याउने निर्णायक पहलः सार्थक होला !

यस अघिको बैठकमा मोर्चाले सरकार र प्रमुख दलहरुले साझा धारणा सहित सहमतिको ठोस अवधारणा आए मात्र वार्तामा बस्न सकिने बताएका थिए । यस अघिको बैठकमा राजेन्द्र महतो बाहेक अन्य मोर्चाका शीर्ष नेताहरु सहभागी भएका थिए । तर आजको बैठकमा पनि मोर्चाका शीर्ष नेताहरु सहभागी नहुने भएका छन् ।