२८ फागुन, एजेन्सी ।

उत्तर कोरियाली शासक किम जोङ उनले थप आणविक परीक्षणको निर्देशन दिएको त्यहाँका सञ्चार माध्यमलाई उद्धृत गर्दै दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास गरिरहेको समयमा उत्तर कोरियाली शासकले आक्रोशित हुँदै यस्तो आदेश दिएका हुन् ।

north korea kim jong un

सैनिक अभ्यास शुरु भएपछि उत्तर कोरियाको बोली र ब्यवहार आक्रामक देखिँदै आएको छ । उत्तर कोरियाले यस अघि नै सोल देखि वासिङटन सम्मलाई खरानीको थुप्रोमा परिणत गरिदिने चेतावनी दिइसकेको छ ।

किम जोङ उनले देशलाई थप हतियार आवश्यक रहेको भन्दै थप परीक्षण गर्न सेनालाई निर्देशन दिएका छन् ।

कोरिया पुनः युद्धको संघारमा पुगेकै हो ?

उत्तर कोररियाले आणविक हतियारले आक्रमण गर्ने चेतावनी दिए लगत्तै २ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि कोरियाली प्रायद्वीपमा पुनः युद्धको बादल मडारिएको छ । कोरियाली प्रायद्वीपमा घटनाहरु नाटकीयरुपमा बदलिरहन्छन् । उत्तर कोरियासँग ठूलो संख्यामा छोंटो दुरीका क्षेप्यास्त्र रहेको बताइन्छ । विहीबार प्रहार गरिएको क्षेप्यास्त्र दक्षिण कोरियाको पूर्वी तटीय क्षेत्र भन्दा ५०० किलो मिटर टाढा खसेको बताइएको छ ।
उत्तर कोरयाले निरन्तर आक्रामक ब्यवहार देखाएपछि रुसले कडा चेतावनी दिएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्हालिन वा आक्रमण सहन उत्तर कोरियालाई चेतावनी दिएका छन् ।