१४ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली र उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाबीच भेटवार्ता भएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटमा स्थानीय तहको संख्या बढाउने विषयमा छलफल भएको बताइएको छ । बालुवाटारमा प्रधानमन्त्री र मधेशी मोर्चाबीचको छलफलमा एमालेसँगको सहमतिमा स्थानीय तह थप्न मोर्चा सहमत भएपछि थापा ओलीलाई भेट्न पुगेका हुन् ।

थापाले आजै एमाले र मधेशी मोर्चासहितको बैठक बोलाएका छन् । बैठकमा स्थानीय तहको संख्या बढाउने र संविधान संसोधन प्रस्ताव पारित गराउने विषयमा छलफल हुनेछ ।