६ भदौ, काठमाडौं ।

सीमाकंनप्रति असहमति जनाउदै आन्दोलनरत थारु, मधेसी जनजाति दललाई आन्दोलन रोकेर वार्तामा आउन प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीले आवह्वान गरेका छन् ।

आज बसेको तीन दलको बैठकले असन्तुष्ट पक्षलाई वार्ता र संवादको लागि अपिल गर्ने जिम्मेवारी प्रधानमन्त्री सुशील कोइरालालाई दिएको हो । संविधान मस्यौदा समितिले शुक्रवार संविधानसभामा नयाँ संविधानको विधेयक प्रेश गरेपछि आन्दोलनरत पक्ष थप आक्रोशित भएका छन् ।

 

3 dal

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी थारु जनजातिसहितका आन्दोलन पक्षलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्ने बताए ।

तीन दलको बैठकले संविधानसभामा पेश भएको नयाँ संविधानको विधेयक मस्यौदा अन्तिम नभएको निष्कर्ष निकाल्दै अझै पनि कतिपय विषयमा सुधार र संशोधन गरेर जान सकिने बताएका छन् ।

प्रदेशको सीमाकंनको विषयलाई लिएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सहमति जनाएपछि उनीसँग वार्ता गर्ने निर्णय पनि तीन दलले गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।