१२ जेठ, काठमाडौं।

राष्ट्रिय जनता पार्टीले यथास्थितिमा निर्वाचनमा सहभागि नहुने निष्कर्ष निकालेको छ ।

आज काठमाडौंमा बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन र पुराना माग पूरा नभएसम्म निर्वाचनमा जान नसकिने निश्कर्ष निकालेको हो । सरकारले सोमबार तराई–मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेपछि राजपा निर्वाचनमा सहभागि हुने अपेक्षा गरिएपनि उसले संबिधान संशोधन र आन्दोलनका अन्य माग सम्बोधन नहुँदासम्म चुनावमा जान नसकिने दोहोर्याएको हो ।

बैठकले जेठ ३१ गते दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचन प्रभावित हुने गरि आन्दोलनमा जाने निश्कर्ष निकालेको नेता मनिषकुमार सुमनले जानकारी दिए । उनका अनुसार आजै संघीय गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिने छ ।

त्यसलगत्तै पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने नेता सुमनले जानकारी दिए ।