काठमाडौं मल सुनधारा स्थित नाटकघर थिएटर मलले यस सिजनको अन्तिम नाटक ‘च्यातिएको पर्दा’ मञ्चन भइरहेको छ । असोज १२ देखि मञ्चन सुरु गरेको यस नाटक अन्य नाटकघरमा नाटक स्थगित भएको अवस्थामा समेत मञ्चन भइरहेको हो । नेपाली रंगमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ ले लेखेको यस नाटक लाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गरेका छन् ।Chyatieko parda 7

एक इज्जतदार घरको दुर्दशाको चित्र यस नाटकमा छ । यस घरका प्राणीहरु विवशतापूर्वक अधोगतिमा गएका देखिन्छन् । र यिनीहरुको इज्जतको पर्दा दिनदिनै च्यातिँदै गएको छ । अझ सबभन्दा चुत्थो कारण त यही छ कि – सचेत हुँदाहुँदै पनि र नचाहँदा नचाहँदै पनि यिनलाई समाजले तुच्छ ठानेको काम गरेर जीन्दगी गुजार्नुपर्दछ। नाटकका हरेक पात्रभित्र एउटा छटपटि छ ।Chyatieko parda 3

जुन छटपटिमा आजको यथार्थ देख्न सकिन्छ। नाटक धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको निर्देशक सुदाम सिकेले बताए।

Chyatieko parda 1

रंगमञ्चमा प्रभावशाली कलाकारका रुपमा स्थापित सुदाम सिकेको यो पहिलो निर्देशन प्रयास हो । एम के रैना, नसुरुद्धिन शाह, अनुप बरालजस्ता हस्तीहरुबाट प्रशिक्षित सिके अनुप बरालको नाटक कोर्टमार्सल, एम के रैनाको नाटक अन्धो युगका साथै फिल्महरु टलकजंग भर्सेस टुल्के, होस्टल रिटन्र्सका प्रभावशाली कलाकार हुन् ।

Chyatieko parda 6

नाटक ‘च्यातिएको पर्दा’मा आकृति श्रेष्ठ, विजया कार्की , केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिनलजंग गुरुङ, सञ्जिता सञ्जी अभिनयमा उत्रेका छन् ।Chyatieko parda 4

आधा सुरको प्रत्यक्ष गीतसंगीत यस नाटककमा पनि देख्न र सुन्न पाइन्छ। १ घण्टा लामो यही असोज २५ गतेसम्म थिएटर मलमा साँझ ५ः३० बजे मञ्चन हुनेछ ।