विकाश श्रेष्ठ ।

१५ असोज, सोल ।

दक्षिण कोरिया सरकारले नेपालमा गत असोज ३ गते जारी भएको संविधानको स्वागत गर्दै नयाँ संविधानले नेपालमा राजनीतिक स्थिरता र विकाशको मार्ग प्रसस्त गर्ने आशा ब्यक्त गरेको छ ।

दक्षिण कोरिया सरकारले एक विज्ञप्ति जारी गर्दै नयाँ संबिधान जारी भएको ऐतिहासिक अवसरमा नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, राजनीतिक स्थिरताका साथै नेपाललाई आर्थिक सम्पन्नता तथा राष्ट्रिय विकासको बाटो अघि बढाउन सहयोग पुर्‍याउने अपेक्षा ब्यक्त गरिएको छ ।

south-korean-president

दक्षिण कोरियाले नेपाल र कोरिया बीच सन् १९७४ मा कुटनीतिक सम्बन्ध स्थापना पश्चात विकसित मैत्रीपूर्ण सम्बन्धलाई कोरिया सरकारले उच्च महत्व दिएको उल्लेख गरेको छ ।

कोरिया सरकारले नेपालमा भुकम्पपछिको पुर्ननिर्माणमा सहयोग पुर्‍याउंदै आएकोमा आगामी दिनमा पनि नेपालको विकास प्रक्रियामा नियमित रुपमा संलग्न भई नेपालसँग रहेको द्धिपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नजिक रही सहकार्य गर्ने समेत बताएको छ ।

छिमेकी भारतले नया संबिधानको स्वागत गर्नु साटो अघोसित नाकाबन्दी गरेर सास्ती दिइरहेको बेला नेपालको हित चाहने दक्षिण कोरियाले संविधानको स्वागत गरेको हो ।