१ साउन, काठमाडौं ।

राजपा नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले निर्वाचनमा दल दर्ता गराउदैँमा राजपा चुनाव जान्छ भन्नु मुर्खता रहेको बताउनु भएको छ । आज पर्साको चोर्नी स्थित पटेल नगरमा सम्पन पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले देउवा सरकार संग भएको ३ बुदे सम्झौता कार्यान्यवन नभए सम्म राजपा चुनावमा नजाने बताउनु भएको छ ।

नेता ठाकुरले हरेक परिवर्तित सरकार संग हामीले पटक पटक सहमती गर्ने तर कार्यन्यवन नगर्ने चरित्रका विरुद्ध हामी आन्दोलित हुनु परेको बताउनु भएको थियो । सरकारले अहिले पनि सहमती अनुसारको आफनो कार्यकर्ता माथीको मुदा फिर्ता नगरेको बताउनु भएको थियो ।नेता ठाकुरले सयौ कार्यकर्तालाई कारागारमा बन्धक बनाएर र मधेश आन्दोलनमा सहादत पाएका ९ जनालाई अहिले सम्म पनि सहिद घोषणा नगराएर हामी कुन नैतिकताले चुनावमा सहभागि हुन्छौँ भन्दै सत्तारुढ दल संग प्रति प्रश्न गरेका थिए ।

नेता ठाकुरले निर्वाचनमा दल दर्ता गराउनु नियमित प्रकृया भएकाले यसबारे टिका–टिप्पणी गर्न नहुने प्रष्टयाउनु भएको थियो । राजपा नेता रंजन मिश्राको सभापतित्वमा समपन्न कार्यक्रममा राजपा महा मन्त्री विमल श्रीवास्तव, केन्द्रीय सदस्य शशिकपुर मिया, नेजामुदिन समानी, पुरुषोतम झा, पुनदेव यादव लगायतको उपस्थिती रहेको थियो । सोही अवसरमा नेता ठाकुरले पटेल नगरका आगलागी पिडीत जगरनाथ पटेलको घरको शिलान्याश गर्नु भएको थियो । राजपाका युवाहरुले आर्थिक सहयोग जुटाई पटेलको घर निर्माण गर्न लागेका हुन् ।