२० जेठ, एजेन्सी ।

भारतीय पुलिसले हाइ प्रोफाइल सेक्स राकेट फेला पारेको र त्यसमा चर्चित अभिनेत्रीहरु समेत फेला परेको जानकारी दिएको छ । टाइम्स अफ इण्डियाले जनाए अनुसार सेक्स राकेटमा चर्चित फिल्म दवङ २ की अभिनेत्री समेत पक्राउ परेकी छिन् ।

sex racket

पुलिसले आफै ग्राहक बनेर यो यौन धन्दा चलाउने ठाउँमा पुगेको थियो । प्रहरी पुग्दा बलिउडकी चर्चित अभिनेत्री एक ग्राहकसँग यौन सम्बन्ध राखिरहेको अवस्थामा भेटिएको समाचारमा जनाएको छ ।

ती अभिनेत्रीले दवङ 2 र ओ माई गड (ओएमजी) मा काम गरेको बताइएको छ । उनले अन्य फिल्ममा पनि ससाना भूमिका गरेको समाचारमा जनाइएको छ । यद्यपी उनको नाम सार्वजनिक गरिएको छैन ।

sex racket 1

यस अघि बलिउडकी अर्की अभिनेत्री स्वेता बसु पनि यस्तै सेक्स राकेटबाट पक्राउ परेको भन्दै हंगामा भएको थियो ।