१५ असार, दाङ ।

दाङको पछिल्लो मतपरिणाम अनुसार धेरै सिट जित्नेमा नेकपा माओवादी केन्द्र पहिलो भएको छ । अहिलेसम्मको जानकारीअनुसार माओवादीले ३ वडा तथा कांग्रेस र एमालेले एक एक वडामा विजय हासिल गरेका छन ।

जसअनुसार राप्ती गाउँपालिका वडा नं. ९ मा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर विजयी भएका छन् । गढवा गाउँपालिका वडा न.ं ८ मा सद्धाम सिद्धिकी विजयी भएका छन् । त्यस्तै राजपुर गाउँपालिका वडा नंं १ मा माओवादी कै विष्णुबहादुर बुढा विजयी भएका छन् ।

बंगलाचुली गाउँपालिका वडा नंं १ मा नेपाली कांग्रेसका पदम बुढा विजयी भएका छन् भने दंगीशरण गाउँपालिका वडा नं. १ मा एमालेका श्रीप्रसाद चौधरीले जित हात पारेका छन् ।

त्यस्तै घोराही र तुलसीपुर उपमहानगर, लमही नगरका साथै दंगीशरण र गढवा गाउँपालिकामा एमालेले अग्रता कायम गरेको छ । शान्तिनगर, राप्ती र राजपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ ।

बंगलाचुलीमा कांग्रेस अघि छ । बबई गाउँपालिकाको मतगणना भने अझै शुरु हुन सकेको छैन ।