२५ पुस, दाङ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हाल देशमा देखिएको गतिरोध छिट्टै अत्यहुने उदघोष गरेका छन् । दाङको तुलसीपुरमा विमानस्थलमा तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले गतिरोध अत्यका लागि संबिधान संशोधन हुन लागेको बताए ।

prachanda speaking

त्यसैगरी उनले संसदमा दर्ता भएका संशोधन प्रस्तावबाट मधेस तथा थारु समुदायका उचित माग सम्बोधन हुने भएकाले अब मुलुकले निकास पाउने दाबी गरे । उनले संशोधन प्रस्ताबबाट माग सम्बोधन भए लगतै ईन्धन आपुर्तिमा सहजता हुने समेत दाबी गरे ।

पूर्व प्रधानमन्त्री प्रचण्डले दाङको एकमात्र हवाई सेवा नियमित हुन नसकेको प्रति चिन्ता ब्यक्त गरे । उनले हवाई सेवाका लागि नेपालगञ्जको राझाबाट आवत जावत गर्नुपर्ने बाध्यतालाई हटाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको कार्यक्रममा रिजालले विगत २०१६ सालमा स्थापना भएको विमान स्थलको धवान मार्ग बिस्तार, नियमित हवाई सेवा, ईन्धन डिपो लगायतको माग सहितको ५ बुदेँ ज्ञापन पत्र बुझाएका थिए ।

यो पनि पढ्नुस्।

नेपालका मानव अधिकारवादी डलरवादी हुन्: थारु नेता लेखी

चिनियाँलाई निःशुल्क प्रवेशाज्ञाःचीनबाट पर्यटक बढ्ने अपेक्षा

मानव अस्तित्वको रक्षाका लागि हानिकारक ग्यासको उत्पादन र प्रयोग रोक्नुपर्ने

काठमाडौँका सडकको लम्बाइभन्दा सवारी साधनको कुल लम्बाइ धेरै

निन्द्रा लाग्दैन? ६० सेकेण्डमै निदाउन यस्तो गर्नुहोस्