कामको थकाईले दिउँसो निन्द्रा लाग्नु स्वभाविक ने हो। दिउँसोको १ देखि ३ बजेको बिचमा निन्द्रा लागेर सुत्ने बानी धेरैमा हुन्छ। यस्तो बानी हुनेहरुलाई कसैले बढि मेहनती भनेर प्रशंसा गर्छन् भने कसैले अल्छि भनेर हेला पनि गर्छन्। तर त्यो मानिस मेहनती वा अल्छि, जेजस्तो भएपनि स्वास्थ्यमा भने यो बानीले फाईदा गर्ने भेटिएको छ।

विश्वको कतिपय देशहरुमा दिउँसो निदाउने बानीलाई सामान्य मानिन्छ। कुनै देशहरुमा यो प्राचिन समयदेखि चलिआएको परम्पराको रुपमा पनि लिईन्छ। यस्तो चलनलाई ‘सिएस्ता'(seista) भनिन्छ। यस शब्दको अर्थ दिउँसोको खाजा पछि थकान मेटाउनको लागि केहि समय निदाउनु हो। विशेषगरी उच्च तापमान अथवा मरभूमि भएको देशहरुमा यस्तो देखिन्छ। यी देशहरुमा दिउँसोको बेला, जब तापमान सबैभन्दा बढि हुन्छ, तब घामबाट बच्नको लागि मानिस छहारीमा सुत्ने गर्दछन्।

sleeping for blood pressure (2)ग्रिसमा भएको एक नयाँ अनुसन्धानको अनुसार दिउँसो सुत्ने बानीले उच्च रक्तचाप भएको मानिसहरुलाई फाईदा देखिएको छ। हृदय रोग विशेषज्ञ ‘मानोलिस कालिस्ट्राटोस’ले गरेको यस अनुसन्धानमा करिब ३८६ मानिस( २ सय पुरुष र १८६ महिला)ले भाग लिएका थिए। यिनीहरुको उमेर औसत ६१ वर्षको थियो। यस अनुसन्धानबाट दिउँसो निदाउने बानी हुनेको रक्तचाप, ननिदाउने भन्दा तुलनात्मक रुपमा, नियन्त्रणमा रहेको देखिएको थियो। अझ छोटो भन्दा लामो समयसम्म निदाउनेहरुको रक्तचापमा बढि नियन्त्रण भएको पनि देखिएको छ।

sleeping for blood pressure (3)रक्तचाप(Blood Pressure)को एकाई एमएमएचजि(mmHg) हो र चापको एकाई पास्कल(pascal) हो। एचजि(Hg) भन्नाले पारो वा मर्क्युरी बुझिन्छ। १ मि.मी मर्क्युरी बढ्नु को मतलब १३३.३२२ पास्कल चाप बढ्नु हो। स्वस्थ मानिसको शरीरमा न्युन रक्तचाप ६०-८० एमएमएचजि र उच्च रक्तचाप ९०-१२० एमएमएचजि हुन्छ। बृद्ध उमेरमा अत्याधिक मानिसको रक्तचाप बढ्ने गर्दछ र यसलाई नियन्त्रणमा राख्न औषधी र व्यायामको आवश्यक्ता पर्दछ। दिउँसो निदाउनेहरुको रक्तचापमा नियन्त्रण हुनको साथै यस बानीले मानसिक तनावबाट मुक्त हुन पनि मद्दत गर्दछ।

वयस्क उमेर पुगेपछि मानिस धेरैजसो काममा व्यस्त हुन्छ। अधिकांश कम्पनीहरुको कार्य अवधी बिहान ९ देखि बेलुका ५ सम्म हुन्छ जसले गर्दा कर्मचारीले दिउँसो निदाउन फुर्सद पाउदैनन्। तर खाजाको समयमा एकछिन निदाउन सकिन्छ। अनुसन्धानको निश्कर्ष अनुसार यदि कसैलाई उच्च रक्तचाप छ भने आफ्नो खाजाको समयमा १०-१५ मिनेट छोटो समयको लागि निदाउँदा स्वास्थ्यको लागि राम्रो अनि उपयुक्त हुनेछ।