२१ फागुन, एजेन्सी । भारतको राजधानी दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले यसपटक होली नमनाउने भएका छन् । दिल्लीमा आव भएको एक कार्यक्रममा उनले आफू र आफ्नो सरकारमा रहेका मन्त्री तथा पार्टीका सांसदहरुले होली नमनाउने घोषणा गरेका हुन् ।

विशेषतः कोरोना भाइरसको संक्रमण र दिल्लीमा केहीदिन अघि भएको हिंसाका कारण होली नमानाउने निर्णय गरेको केजरीवालले बताएाक छन् । उनले भने, ‘कोरोना भाइरसको संक्रमण र दिल्लीमा धेरै मानिसहरु हिंसाका कारण उजाड जीवन बिताउँदै गर्दा म, मेरो क्याबिनेट र पार्टीका कुनैपनि सांसदले यसपटक होली मनाउँदैनौँ ।’

arvind kejariwal

कोरोना भाइरस भारतमा पनि बिस्तारै फैलिँदै छ । बुधबार दिउँसोसम्म भारतमा २८ जनाका कोरोनो संक्रमण भेटिएको भारतीय दैनिक पत्रिकाको अनलाइन संस्करण इंडियाटुडे डटकमले लेखेको छ । यस्तै दिल्लीमा केहीदिन अघि नागरिकता संशोधन कानुनको पक्ष र विपक्षका प्रदर्शनकारीहरुबीच भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो ।