३२ साउन, एजेन्सी । भारतको राजधानी दिल्लीमा रहेको एम्स अस्पतालमा भीषण आगलागी भएको छ । विद्युत् सर्ट भएर आगलागी दोश्रो तल्लामा आगो लागेको भारतीय मिडियोले उल्लेख गरेका छन् ।

एम्स अस्पतालको टिचिङ ब्लकमा आगलागी भएको हो । अहिले ३४ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागीपछि एम्स अस्पतालको आमस्मिक सेवा बन्द गरिएको छ । त्यही अस्पतालमा अहिले भारतका पूर्वमन्त्री अरुण जेटलीको उपचार भइरहेको छ । तर उनी भएको भवन आगलागी भएको भवनभन्दा ५ सय मिटरको दुरीमा छ ।