काठमाडौं ।

४ दिन सम्म दिल्लीमा दौड धुपपछि फर्किएका मधेशी मोर्चाका नेताहरु नेपाल फर्किएका छन् । दिल्लीमा रहेको राजनीतिक समाधानको शुत्रबारे बुझ्न त्यहाँ पुगेका मोर्चाका नेताहरुले दिल्लीले आफूहरुलाई सम्झाएको नभएर आफूहरुले दिल्लीलाई सम्झाएको दावी गरेका छन् । जसले जसलाई सम्झाएको भएपनि मधेशी नेता काठमाडौं फर्किएपछि अव नेपालको राजनीतिक कोर्स नयाँ चरणमा प्रवेश गर्ने निश्चित छ ।

को हुन् भारतको संसद थर्काउने नेपालका सच्चा मित्र मणि शंकर

मोर्चाको एक प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार राति काठमाडौं ओर्ले लगत्तै भने सरकारले मधेशको माग पूरा नगर्दासम्म जारी आन्दोलन नरोकिने र नाकाबन्दी पनि जारी रहने बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले सरकारको रवैया समाधानमुखी नभएकोले आन्दोलनको विकल्प नभएको पनि बताए । यादवले मोर्चाको भारत भ्रमणले मधेश आन्दोलन बारेको भ्रम हटेको समेत बताए ।

Upendra Yadav Returns from Delhi

‘नेपाल सरकार तथा विभिन्न राजनीतिक दलहरुले मधेश आन्दोलन बारे भारतमा विभिन्न किसिमका अनर्गल भ्रमहरु फैलाएका थिए, त्यसलाई चीर्न मोर्चा सफल भएको छ’, अध्यक्ष यादवले भने, ‘मधेश आन्दोलन र यसका विभिन्न पक्षहरुबारे हामीले आफ्ना कुराहरु खुलस्त रुपमा राख्यौं, दुई पक्षबीच विचार आदानप्रदान भयो, यसले नयाँ सिराबाट छिमेकीसँग सम्बन्ध स्थापित भएको छ ।’ भारतबाट उनीहरु फर्केपछि नाकान्दी खुल्ला कि भन्ने आशामा बसेका धेरैलाई निराश पार्ने गरी उनल भने, ‘हामीले समाधान खोज्न भारत भ्रमणमा गएका थिएनौं, समाधान नेपालभित्रै खोज्ने हो । तर, मधेशको माग पूरा नहुँदासम्म आन्दोलन जारी रहन्छ, नाकाबन्दी खुल्दैन ।’

Madheshi leader india

रुखो देखिने उपेन्द्र यादवको भनाइभित्र समावेश ‘समाधान दिल्लीमा होइन नेपालमै खोज्ने हो’ भन्ने वाक्यांशले मोर्चाका नेताले दिल्लीबाट पाएको सन्देश मुखरित गरेको छ । हुन त उपेन्द्रले ‘तीन दलको संशोधन प्रस्ताव मधेशलाई भुलाएर आन्दोलन तुहाउने षड्यन्त्र मात्रै हो’ भन्दै चर्को आवाजमा थपे ‘प्रमुख मागबाट नै विमुख गर्न यो उधारो प्रस्ताव आएको छ । यो कुनै पनि हालतमा हामीलाई मान्य छैन ।’ यद्यपी उनको यो बोलीमा खासै दम देखिँदैन ।

उत्साहित छैनन् मोर्चाका नेता

मधेशी मोर्चाको आन्दोलन देखाएर सीमामा नाकाबन्दी गरिरहेको भारतले आन्तरिक र बाह्य दवावका कारण नाकाबन्दी खोल्नका लागि खोजिरहेको फेस सेभिङ र नेपालमाथि अझै दवाव बढाइदेउ भन्ने मधेशी मोर्चाका नेताहरु मागबीच तालमेल नमिलेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोर्चका नेताहरुलाई भेट दिएनन् । मोर्चाका नेताले नेपालमाथिको नाकबन्दी खोल्न चर्को दवाव दिइरहेको भारतीय कांग्रेसकी नेतृ सोनियाँ गान्धीसँग पनि भेट पाएनन् ।

Indian Media reaction on Madhesi leader in India 6

आफूले चाहेको जस्तो थप दवाव बढाउने मनस्थितिमा भारत नरहेको र भारतकै संसदमा समेत नाकाबन्दीबारे ब्यापक आलोचना भएपछि तथा नेपालबाट आएका नेताहरु चुनावमा पराजित भएको विषय उठ्नुले उनीहरुलाई दिल्लीमा मोरल डाउन भएको अनुभव भएको छ । भारतमै नाकाबन्दी भारतले लगाएको र यो फिर्ता गर्नु पर्ने भनेर संसदमा बहस हुनु र मधेशी नेताहरुले नाकाबन्दी पुरै आफै गरेको जस्तो गरी प्रस्तुत हुनुको विरोधाभाषमा समस्या समाधानको विन्दु नभेटिएपछि मधेशी नेताहरु भारतबाट निराश बनेर फर्किएका हुन्।

भारतीय विज्ञहरुको मधेशी नेतालाई चेतावनी- तराइमा पृथकतावादी आन्दोलन शुरु नहोस्

प्रभावशाली राजनीतिक दलका नेता विदेशमन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार सँग समेत देखिने र नदेखिने भेटवार्ता गरेका मधेशी नेताहरूलाई अत्याधिक लचकता अपनाएर वार्तामा बस्न सुझाव दिल्लीबाट प्राप्त भएपछि मोर्चका नेताहरु कसरी अघी बढ्ने भन्ने विषयमा दोधारमा रहेको बुझिन्छ ।

मुख्य विवादको चुरो मानिएको पूर्व क्षेत्र नम्बर १ का विवादास्पद भनिएका तीन जिल्लामध्ये झापालाई छाडेर मोरङ र सुनसरीका केही भागलाई २ नम्बर प्रदेशमा गाभ्न सकिने तथा पश्चिमका कैलाली र कञ्चनपुरमध्ये कैलालीसहित नारायणी पश्चिमको भेगमा थारूवान क्षेत्रको संरचना स्वीकार्न सक्ने गरी मधेशी नेताहरु वार्तामा बस्न तयार भएर दिल्लीबाट फर्किएका छन् । नेपाल सरकारबाट दिल्लीलाई दिइएको भनिएको तीन बुँदे समाधानको प्रस्तावप्रति दिल्ली सकारात्मक भएपछि दवावमा परेका मधेशी नेताहरु यही प्रस्तावमा सहजरुपमा वार्तामा बस्ने अनुमान गरिएको छ ।

प्रचण्ड सक्रिय

एक सातादेखि पार्टी मुख्यालय पेरिसडाँडामा जारी एकीकृत नेकपा माओवादीको बिहीबार बस्ने भनिएको केन्द्रीय समितिको पूर्ण बैठक पार्टी अध्यक्ष प्रचण्डको व्यस्तताले स्थगित भएको छ । एमाओवादी प्रवक्ता दीननाथ शर्माले दिएको जानकारी अनुसार अध्यक्ष प्रचण्ड आज दिनभर औपचारिक र अनौपचारिक छलफलमा जुट्ने भएपछि बैठक स्थगित भएको हो ।

Prachanda mic ktm

बुधबार राती मधेशी मोर्चाका दुई शीर्ष नेता स्वदेश फर्किएसँगै प्रचण्डले बैठकलाई नै स्थगित गरी छलफलमा जुटेको बताइएको छ । प्रचण्ड आज बिहान शीर्ष नेताहरुसँगको बैठकमा र दिउँसो दिउँसो तीन बजे संसद बैठकमा उपस्थित हुने शर्माले बताए । तर स्रोतले भने प्रचण्डले मधेशी मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गर्ने बतायो । एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा अघिल्लो सातादेखि केन्द्रिय समितिको बैठक जारी रहँदै आएको छ ।