२९ जेठ, काठमाडौं ।

भारतको राजधानी नयाँ दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा उडान अवरद्ध भएपछि तनाव भएको छ । खराव मौषमका कारण तीन घन्टा सम्म विमान उड्न नसकेपछि विमानस्थलमा फसेका यात्रुहरुले कर्मचारीमाथि हात पात गरेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

delhi airport

३ घण्टा सम्म उडान हुन नसक्दा विमानस्थलमा ५०० भन्दा बढी यात्रु फसेका थिए । उडान ढिलो भएपछि क्रुद्ध भएका केही यात्रुले विमानस्थलमा कर्मचारीमाथि हातपात गरेपछि अवस्था तनावग्रस्त बनेको समाचारमा जनाइएको छ ।

हातपात गर्ने कर्मचारीलाई कारवाही गर्ने तयारी समेत भैरहेको अधिकारीहरुले बताएका छन् । तीन घण्टा सम्म अवरुद्ध भएको विमानस्थल अहिले सूचारु भएको बताइएको छ ।