२ जेठ, काठमाडौं ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले बोलाएपछि आज स्वदेश फिर्ता भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायलाई स्वागत भन्दे ट्वीट गरेका छन् ।

दिल्लीबाट दीपकुमार काठमाडौं तर्फ लागे लगत्तै देउवाले ट्वीटरमा वेलकम टू दीपकुमार भन्दै ट्वीट गरेका छन् ।

 

दिल्लीबाट दीपकुमारको भावुक विदाइ (तस्विर सहित)

निवर्तमान राजदुत उपाध्याय मध्यान्ह १२ बजे नेपाल एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिएका छन् ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पुर्वमन्त्रीसमेत रहेका उपाध्यायलाई पूर्व प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।

भारतीय विस्तार नलेखौँ भन्दै मातृका प्रचण्डसँग बाहिरिएपछि…

पन्ध्र दिनभित्र स्वदेश फिर्ताका लागि सरकारले गत सोमबार राजदूत उपाध्यायलाई पत्र पठाएको थियो । पत्र पाएको एक साता पनि नबित्दै उपाध्याय स्वदेश फर्किन लागेका हुन् ।