१३ असोज, काठमाडौं ।

एमा‌ओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू अहिले खुसी हुनु पर्ने तर २ ऐतिहासिक घटनाका कारण दुःखी हुने अवस्थामा रहेको बताएका छन् ।

७० वर्ष देखिको मेहनतपछि संविधानसभाबाट संविधान जारी गर्ने समयमा नेपालीहरुले निक्कै ठूलो गौरव गर्ने समय भएपनि योसँगै देश ऐतिहासिक संकटमा धकेलिएको उनको भनाइ छ ।

पार्टी प्रवक्ता दिननाथ शर्माको पुस्तक ‘हिम फुलेको रात’ विमोचनमा प्रचण्डले संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र ३० वर्ष देखि सहकार्य गरेका बाबुराम भट्टराईले पार्टी छोडिदिने घटनाले आफू विक्षिप्त बनेको बताए ।

Prachanda book bimochan 1

भावुक भाषणमा प्रचण्डले भने- ‘राजनीतिको बारेमा पनि केही बोल्दिन भनेको उहाँहरुले जोड गर्नु भो । मैले अहिले बोल्दा विग्रिन्छ देशमा । जे बोल्नु पर्ने बोलिसकें । ७० वर्ष देखिको मेहनतले संविधानसभाबाट संविधान बनेको छ । यो नेपालीले गर्व गर्ने समय पनि हो । तर संकेतहरु सकारात्मक मात्र छैनन् । यी सबै परिघटनामा केन्द्रमा रहेको म त्यस्तो पात्रको रुपमा रहेको मान्छे हो । हामीले हाम्रो लागि संविधान बनायौं । देश नराम्रो संकटतिर पुगेको छ । एक किसिमको नाकाबन्दी ठूलो सकस र तनावमा जनतालाई पार्ने अवस्थामा पुगेका छौं ।

Prachanda book bimochan

उनले अगाडी भने, ‘हामीले अनुभुत गरेका छौं तर सँगै ऐतिहासिक संकटको सामाना पनि गरेका छौं । म त्यसको केन्द्रबिन्दुमा पर्न पुगें । यो संकटको केन्द्रमा रहेको अनुभुत मैले गरिरहेको छ । विगत ३० वर्ष देखि सँगै काम गरेको एक मित्रले पार्टी त्याग गरिदिनु भो । मलाई र मेरो पार्टिका सबैलाई गहिरो दुःख अनुभव हुन पुगेको छ । म यी २ घटनाका कारण दुःखद अनुभवसहितको दोसाँधमा उँभिएको अनुभव मलाई भैरहेको छ । हरेक घटना नियमद्वारा निर्देशित हुन्छन् । भूकम्प देखि राजनीतिक घटना सम्म निश्चित नियमबाट नै निर्देशित हुन्छन् ।’

पञ्चायत पञ्चायद देखि राजनीतिज्ञहरु, कवि कलाकार सम्म सबै त्याग गर्न तयार भएका गुज्रेको भन्दै प्रचण्डले दिननाथ शर्माले लेखेको निवन्धले पनि इतिहास बोलेको अनुभव आफूलाई भएको बताए ।