३२ साउन, काठमाडौं ।

नयाँ शक्ति पार्टीले दुई जना वरिष्ठ नेतालाई पार्टीबाट निस्कासन गरेको छ । नयाँ शक्तिले पार्टीका सह–अध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासित गरेको हो ।

दुवै नेतालाई पार्टीको संघीय परिषद् सदस्य लगायत सबै जिम्मेवारीबाट आजैदेखि मुक्त गरिएको नयाँ शक्तिले जनाएको छ । नेता झा र शर्मा दुबै नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । उनीहरु अनौपचारिक रुपमा माओवादी केन्द्रमा गएको प्रतिवद्धता जनाए पनि औपचारिक रुपमा घोषणा गर्न बाँकी छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर दुवैले माओवादीमा क्रियाशिल हुने प्रतिबद्धता जनाइसकेका छन् ।