एजेन्सी । अमेरिकाको अलास्कामा दुई वटा विमान आकाशमै ठोक्किँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । एकजना वेपत्ता भएका छन् ।

दुवै विमानमा गरी जम्मा १६ जना सवार रहेका थिए । दक्षिण पूर्वी अलास्काको केटचिकनको नजिकै अमेरिकी तटमा दुर्घटना भएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । दुवै जहजा सि प्लेन अर्थात पानीमा अवतरण गर्न सक्षम थिए ।

घुम्न आएका पर्यटकलाई घुमाउने क्रममा विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।