२५ मंसिर, काठमाडौं ।

काठमाडौंस्थित भारतीय राजदुताबासले आयोजना गरेको दिवा भोजमा नाकाबन्दीबारेको विषयमा कुनै कुरा नभएको सांसदहरुले बताएका छन् ।

भारतीय नाकाबन्दीले देश नै आक्रान्त रहेको समयमा सांसदहरुलाई भोजमा बोलाएपनि दुताबासमा यो विषयमा कुनै कुरा नभएको त्यहाँ सहभागी नेताहरुले बताएका छन् ।

Ranjit ray

सत्तारुढ एमाले र एमाओवादी सहित कांग्रेस र मधेशी मोर्चा सम्मका सांसद सहभागी दिवा भोजमा राजनीतिक विषयमा खासै कुरा नभएको सहभागिहरुको भनाइ छ ।

ओलीलाई असफल पार्ने दाउः मोर्चा र कांग्रेसका फरक फरक चेतावनी

सरकार तथा प्रमुख प्रतिपक्षी कांग्रेसले राखेको संविधान संसोधन र सीमाङ्कनमा केही समयमा समाधान गर्ने भनेर राखेको प्रस्तावप्रति भारतको समर्थन देखाउन भोज आयोजना गरिएको संकेत दिइएपनि यस विषयमा खुलेर कुरा नभएको एक सहभागीले हेडलाइन्सलाई बताए ।

वार्ता सकियोः अडान दोहोर्‍याएपछि अर्को वार्ता अनिश्चित