२० साउन, एजेन्सी । रिक्कल नाम गरेका एक भारतीय युवक वैदेशिक रोजगारीको लागि भन्दै दुबई गए । त्यहाँ कुनै पनि रोजगारी नपाएपछि ४५ दिन बसेर उनी गाउँ फर्र्किए ।

भारत फर्किएका रिक्कल खेतमा आफ्नी पत्नीसँग काम गरिरहेका थिए । शनिबार उनलाई चिट्टा परेको खबर आयो । खेतमा दिनभरी काम गरेर वर्षमा तीन लाख रुपैयाँ कमाउने रिक्कलाको परिवारलाई २८ करोडको चिट्ठा प¥यो ।

त्यो चिट्ठा रिक्कलले दुई वर्ष अघि २० हजार रुपैयाँमा किनेका थिए । रिक्कलले रोजगारी नपाएपछि उनले श्रीमतीसँग २० हजार रुपैयाँ मागेर दुबईको राजधानी आबुधावीमै चिट्ठा किनेका थिए ।